आज एकैदिन थपिए ३ हजार ७५ जना संक्रमित

प्रकाशित मिति :  297 पटक हेरिएको

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिएसँगै नेपालमा कोरोना संक्रमितको दर ह्वात्तै बढ्न थालेको छ ।

देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ जनाको स्वाब परीक्षण गर्दा पीसीआरबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गएको छ भने २७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया