आरम्भ,अस्मिता र रोशनीको अभिनयमा ल्होछार विशेष म्हेन्दोमाया‘चाईना जुत्ता’ सार्वजनिक

प्रकाशित मिति :  413 पटक हेरिएको

काठमाडौं । ल्होछारको पूर्व सन्ध्यामा ल्होछार सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भईरहेका छन् । यसैबिचमा रोशन फ्युवा र लक्ष्मि तामाङको आवाजमा सजिएको म्हेन्दोमाया भाकामा ल्होछार गीत चाईना जुत्ता सार्वजनिक भएको छ ।

रोशन फ्युवाकै शब्द संगीत रहेको गीतलाई फ्युवा आफैले निर्देशन गरेका छन् । आरम्भ तामाङ,अस्मिता तामाङ, रोशनी तामाङको अभिनय रहेको उक्त भिडियोमा तामाङहरुको मौलिक नाचहरुलाई समाबेश गरिएको देखिन्छ । तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको शब्द श्रृङ्गारलाई भिडियोमा उत्तिकै मिठास गरिएको छ ।

लम्जुङको पर्यटकिय गाउँ छिन्खोलामा छायांकन गरिएको भिडियोमा ल्होछार मानाउने, पाहुनाको सत्कार गर्ने र नाचगान गर्दै रमाईलो गर्ने सन्दर्भलाई देखाईएको छ । यसअघि सार्वजनिक भएको गीतहरु भन्दा यस गीतमा मौलिक परम्परालाई प्राथमिकता दिइएको तथा अलि पृथक रहेकाले पनि स्रोताले धेरै मन पराउनेमा आफू विश्वस्त रहेको फ्युवा बताउँछन् ।

पक्कै पनि तामाङ जातीमा विविधतामा एकता देखिन्छ । पुर्वतिर तामाङ सेलो चर्चित छन् भने पश्चिम् तिर म्हेन्दोमाया गीत एक्दमै चर्चित रहेको छ। म्हेन्दोमाया विशेष गरि धादिङ, नुवाकोट अनि रसुवा लगायत जिल्लाहरुमा तामाङहरुले ल्होछार अनि अन्य विशेष पर्वहरुमा गाउने, नाच्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया