कलाकारको असली रुप ठगीको आरोपमा प्रज्ञा जाेशी इटहरीबाट पक्राउ

प्रकाशित मिति :  235 पटक हेरिएको

इटहरी । कलाकार तथा निमात्री प्रज्ञा जोशी ठगी अाराेपमा इटहरीबाट पक्राउ परेकी छन् । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।जाेशीले सुबर्ण कुमारी श्रेष्ठलाई ठगी गरेकाे उजुरी काठमाडाैमा परेकाे थियाे । प्रहरीले खाेज्न थालेपछि उनी इटहरीमा लुकेर बसेकाे र लामाे खाेजी पछि जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । उनलाइ काठमाण्डौ लौजाने तयारी भईरहेको छ ।

५० लाख भन्दा बढि बाउन्स चेक दिएर ठगी गरेको आरोपमा पक्राउ परेको हो । कुनै समय चिनिएकी कलाकार जोशी लामो समय देखि कलाकारीता बाट टाढा छिन् ।

यस अघी पनि उनी घर-जग्गा र बाउन्स चेकको बिबादमा तानिदै आएकी छिन् । उनले धेरैलाई ठगेको आरोप काठमाण्डौमा धेरै समय अघि देखि सुनिदै आएको थियो ।

तपाईको प्रतिक्रिया