बाटोमा हिड्दा सिड्नीमा कुटाकुट, एक नेपाली गम्भीर घाइते (भिडियो )

प्रकाशित मिति :  496 पटक हेरिएको

सिड्नी–बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।अष्ट्रेलियाको सिड्नीस्थित व्यापारीक केन्द्र जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको विवादले उग्र रुप लिएको थियो । विवाद बढ्दै गएपछि २१ वर्षका सन स्कदरले २२ वर्षीय नेपाली युवा अनिस शाहीलाई अनुहारमा मुक्का प्रहार गरेपछि शाहीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा रगत जमेको बताईएको छ । आरोपित स्कदरलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।त्यस्तै, सन स्कदरका दाजु तेजयलाई अर्का नेपाली युवा मारक लिम्बुले बक्स कटरले आक्रमण गर्दा तेजय घाईते भएका छन । उनको उपचारका लागि सेन्ट भिसेन्ट अस्पताल भर्ना गरिएको छ । घटनालगतै पुगेको पारामेडिक्सको टोलीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो।

लिम्बुलाई प्रहरीले हिरासतबाटै अस्पतालमा उपचार गराईरहेको छ भने अर्को समुहका स्कदर दाजुभाइ भने जमानतमा छुटेका छन् । कुटाकुटमा संलग्न सन स्कदरलाई हुलदंगा तथा अंधाधुन्द शारिरिक हमला गरेको मुद्धा लगाइएको छ । लिम्बुलाई सांघातिक आक्रमणको मुद्धा लगाइएको छ ।

Wild brawl on George Street in Sydney

Two men have been arrested and another two are under police guard in hospital following a brawl in Sydney's CBD overnight. It's believed two men, aged 21 and 23, got into a wild fight with two other men, aged 22 and 25, on George Street about 12.30am. Report on 7NEWS at 6pm.www.7plus.com.au/news#Sydney #7NEWS

Gepostet von 7 News Sydney am Sonntag, 31. März 2019

तपाईको प्रतिक्रिया