अष्ट्रेलियाको सडक दुर्घटनाका घाइते बलराम पराजुलीको मृत्यु

प्रकाशित मिति :  203 पटक हेरिएको

४ अप्रिल सिड्नी ।केहि दिन अघि अष्ट्रेलियाको एनएसडब्लु राज्यको अल्बरी स्थित हुम हाईबेमा भएको सडक दुर्घटनामा नेपाली बिध्यार्थी आर्यन आचार्यको घटना स्थलमा नै मृ्त्यु भएको थियो ।सिड्नी बाट मेल्बर्न जाने क्रममा ओभर स्पिडका कारण दुर्घटना भएको कारमा ५ युबा सवार थिए । दुर्घटनामा अन्य ४ घाईते थिए । जसमध्येका बलराम पराजुलीको उपचारको क्रममा निधन भएपछि अष्ट्रेलियाको नेपाली समुदाय बिच सन्नटा छाएको छ । बलरामले नै कार चलाएका थिए । भने,आचार्य अगाडीको सिटमा सबार थिए ।अष्ट्रेलियाको नेपाली समुदायमा पछिल्लो समय दिन प्रति यस्ता किसिमको घटना घटिरहेको छ । सो घटनाका घाईते मध्येका रोशन भेटवाल भने अस्पताल बाट डिस्चार्ज भैसकेका छन् । भने,अन्य दुई युबाहरुको उपचार चलिरहेको छ । उनीहरु दुई खतरामुक्त छन् ।पराजुलीको निधन मंगलबार साँझ भएको अष्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले बुधबार अपराहन्न आफ्नो आधिकारिक फेसबुक पेजमार्फत  पराजुलीको निधन भएको जनाएको हो ।दूतावासले मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ । नेपालमा रहेको परिवारका सदस्यहरुसँग सम्पर्कमै रहेको र शवलाई नेपाल पठाउने तयारीको प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ । साथै दूतावासले विज्ञप्तिमा स्व. पराजुलीको उपचारमा सहयोग गर्ने अष्ट्रेलियाको प्रहरी, चिकित्सकहरु, क्यानबेरा अस्पतालका सबै कर्मचारीका साथै नेपाली समूदायलाई धन्यवाद दिएको छ ।

घटनामा मृत्यु हुने आचार्य र पराजुलीको सब नेपाल पठाउने तयारी चलिरहेको छ ।

तपाईको प्रतिक्रिया