ज्योतिषकै फिल्म फ्लप,अब कस्को हात हेर्ने हरिहर जी ?

प्रकाशित मिति :  450 पटक हेरिएको

२१ चैत्र,
कुन समय शुभ हो, कुन अशुभ हो भन्दै नाम र दाम दुवै कमाएका ज्योतिष हरिहर अधिकारीले आफ्नै फिल्मको शुभअशुभ भने पत्तो लगाउन सकेनन् । टेलिभिजनमा ज्योतिषसम्बन्धी कार्यक्रम चलाएर भाग्यफल भनिदिने गरेका उनै हरिहरकै फिल्म ‘शुभ लभ’को शुभसाइत मिल्न सकेन ।युवा ज्योतिषको रुपमा कमाएको क्रेज फिल्ममा उपयोग गर्न उनी हिरो बनेका थिए । तर फिल्मले हलमा पानी पिउनसम्म पाएन । धेरैको फिल्म रिलिज हुने साइत जुराएका उनले पक्कै पनि आफू अभिनित फिल्म रिलिजको साइत जुराएका थिए होला नै । तर आफैले जुराएको चैत १५ को साइत उनका लागि शुभ भएन । ‘साँइली’को अगाडि ‘शुभ लभ’ टिक्न सकेन ।

फिल्म फ्लप भएसँगै फिल्मी यात्रा त संकटमा प¥यो नै, अब ज्योतिषीमा पनि कसले पत्याउला र खै उनलाई । हिरो बन्ने झोँकमा गज्जबको आम्दानी हुने ज्योतिषको दोकानै पो संकटमा पर्ने भयो उनको । सिकर्मीको घरमा झ्यालढोका हुन्न, ज्योतिषलाई आफ्नै भाग्य थाहा हुन्न भनेको यही रहेछ ।

अब के गर्ने हरिहर जि हिरोईन को हात हेरेर बस्ने त होला नि कि कसो ?

सम्पादित अंश शुक्रबार बाट ।

तपाईको प्रतिक्रिया