किन दिईएन पशुपति शर्मालाई पदक

प्रकाशित मिति :  260 पटक हेरिएको

३ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई सोमबार विभिन्न बिधाका पदकले सम्मान गर्नुभएको थियो । गृह मन्त्रालयले ९ दिन अघि मात्रै पदक पाउनेकोहरुको नाम सार्बजनिक गरेको थियो । सोही आधारमा भण्डारीले सम्मान पदक बितरण गर्नु भएको हो ।गृह मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको सुची अनुसार प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाउने १० जनाको सुचिमा लोकोदोहोरी गायक पशुपति शर्माको नाम थियो र छ । तर,उनी सो समारोहमा पदक लिएको पाईएन । यदी कसैले राष्ट्र बाट सम्मान पाउदैछ भने सामान्य अबस्थामा राष्ट्रपति बाट पाईने पदक ग्रहण नगर्ने भन्ने कुरा धेरे परको कुरा हो ।

स्रोतका अनुसार पशुपतिको नाम सुचीमा भए पनि उनलाई सरकारी तवरबाट कुनै निम्तो नगएको बुझिएको छ । यस हिसाबले नाम सुचीमा परेर पनि उनलाई गृहमन्त्रालयले पदक नदिएकाले उनलाई निम्तो नगएको हुन सक्ने बताईएको छ ।

विभुषणसम्बन्धी मामला हेर्ने गृह मन्त्रालयका सहसचिव महादेव पन्थका अनुसार पशुपतिको नाम सुचीबाट नकाटिएको र पदक पाउनेहरुलाई गृह मन्त्रालयको वेवसाइट, टेलिभिजन, रेडियो र टेलिफोनमार्फत खबर गरिएको जानकारी दिए ।

तर,‘घुस खाँदा रंगेहात समातिएका एक कर्मचारीको पदक खोसिएको हो, त्यो बाहेक सबै १ सय ४३ जनाको नाम यथावत थियो,’ उनले भने । कलाकारीता बाट केदार घिमिरेले भने पदक ग्रहण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया