कोन्ज्योसोम गाउँपालिका भित्र मोटरसाईकल चालकलाई कडाई

  Naya Bihani प्रकाशित मिति :  847 पटक हेरिएको

ललितपुर । ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमले कोन्ज्योसोम गाउँपालिका भित्र मोटरसाईकल चालकहरुले सवारी साधन चलाउँदा दुर्घटनाबाट बच्न,हेल्मेटको प्रयोग गरौं,साथै अनिवार्य रुपमा सवारी चालक अनुमतिपत्र(लाईसेन्स) एवं सवारी साधनको कागजपत्र बोक्नुपर्ने सूचना शुक्रबार सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमका प्रहरी प्रमुख एवं प्रहरी नायव निरिक्षक नरेन्द्र बडुले ईप्रका कोन्ज्योसोमले सार्वजनिक गरेको सूचना विपरित कार्य गर्ने सवारी चालकहरुलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया