ललितपुर । प्रदेश सभा सांसद चेतनाथ संजेल,कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान,उपाध्यक्ष मिङमा लामा ,नेताहरु कृष्णमान लामा,राम आचार्य सम्मिलित टोलिले इकुडोल,शंखु,दलचोकी देखि बिर्खेधारासम्मको मोटरबाटोको मर्मत तथा स्तर उन्नतिको लागि पहिलो प्राथमिकतामा कार्य गर्ने गरि आईतबार अनुगमन तथा निरिक्षण कार्य गरेको छ ।
कोन्ज्योसोम गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष ध्रुब घिमिरेले सांसद संजेल,कोन्ज्योसोम गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,नेताहरुको टोलिले उक्त मोटरबाटोको निरिक्षण ,अनुगमन गरेको जनाएका छन् ।
केही महिना अघि गएको बाढी पहिरोका कारण इकुडोल,शंखु,दलचोकीदेखि बिर्खेधारासम्मको मोटरबाटोको अवस्था दयनिय छ ,तत्काल मर्मत सुधारसहित स्तर उन्नती सरोकारवाला निकायले गर्नुपर्ने स्थानियबासिन्दाहरुले जनाएका छन् ।