श्रम मन्त्री विष्ट र गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताबीच शिष्टचार भेट

प्रकाशित मिति :  302 पटक हेरिएको

काठमाडौं। श्रम,रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टलाई गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक बेबि राजभण्डारी थापाको नेतृत्वमा गएको आठ सदस्यिय प्रतिनिधि मण्डलको टोलिले सिंहदरबारमा मंगलबार शिष्टचार भेटघाट गरेको छ।

गोदावरीखोला क्षेत्र सरसफाई अभियानका संयोजक एवं सरसफाई अभियन्ता बेबि राजभण्डारी थापाले श्रम मन्त्री विष्टलाई अभियानले हालसम्म गरेका कार्यबारे जानकारी,विशेष मायाको चिनो प्रदान गरेको जनाउँदै उक्त टोलिमा वाग्मती सरसफाई महाअभियानका सरसफाई अभियन्ता चित्रकुमार सुनुवार रामेछाप,पुष्कल गजुरेल भक्तपुर,लोकेश्वर मिडिया सर्भिस प्रबन्ध निर्देशक श्याम तामाङ ललितपुर,सरसफाई अभियन्ता श्यामसुन्दर तिमल्सिना ललितपुर,गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताहरु करुणा खड्का,नारायणी थापा,आष्मा थापा रहेको जनाएकी छिन् ।

श्रम,रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टले गोदावरीखोला क्षेत्र सरसफाई अभियानका अभियन्ताहरुको शिष्टचार भेटमा नेपाल सरकार फोहोर व्यवस्थापन गर्न तयार रहेको र देशभर विभिन्न सरसफाई अभियानहरुले साप्ताहिक रुपमा चलाईएको अभियानप्रती सरकारको समर्थन रहेको जनाएका छन् । तामाङपेज

तपाईको प्रतिक्रिया