पोखरामा मंगलबारदेखि “लाछाडोरी तालिम” शुरु

  Naya Bihani प्रकाशित मिति :  542 पटक हेरिएको

कास्की । तमु धीं केन्द्रीय आमा समिति पोखराले संस्कृतिको जगेर्ना गर्दै पोखरा महानगरपालिका वडा नं.९ का वडाअध्यक्ष रामराजा लामिछानेको प्रमुख आतिथ्यमा पोखरामा “लाछा डोरी तालिम”को मंगलबार उदघाटन गर्नु भएको छ ।

तमु धीं केन्द्रीय आमा समिति पोखराकी कार्यबहाक अध्यक्ष पन्चकुमारी गुरुङले उक्त तालिम मंगलबारदेखी बिहिबारसम्म संचालन हुने तालिममा ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जनाउँदैं तालिमका प्रशिक्षकहरुमा आशकाजी गुरुङ,बिना घले रहेको जनाएकी छिन् ।

समितिकी संयोजक गुरुङले तालिमको उदघाटन सत्रको कार्यक्रममा गोर्खाली रेडियो स्टेशनका प्रबन्धक एवं संचारकर्मी खिमा गुरुङ,तमु धीं केन्द्रीय आमा समितिका संस्थापक अध्यक्ष चन्द्र सुवा गुरुङ,कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुमबहादुर गुरुङ,स्वस्तिक हस्तकला बगरका संचालक सीता गुरुङ लगायतले तालिमको औचित्य,आवस्यकता र प्रभावकारिताका बारेमा आ- आफ्नो धारणा राख्नु भएको थियो।

तिनदिनसम्म संचालन हुने उक्त तालिमको उदघाटन कार्यक्रमको संचालन समितिकी सहसचिव बालकुमारी गुरुङ र स्वागत मन्तब्य कार्यक्रम संयोजक एवं तमु धीं केन्द्रीय आमा समितिकी महासचिव एन शोभा गुरुङले गरेकी थिईन। तामाङपेज

तपाईको प्रतिक्रिया