टौंखेलस्थित किटिनी कलेज प्राङ्गणमा “शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम”कात्तिक ९ गते भब्यताकासाथ हुँदैं

  नयाँ बिहानी प्रकाशित मिति :  989 पटक हेरिएको

ललितपुर । विं.सं.२०७६ सालको बडा दशैं,दीपावली ,नेपाल सम्वत ११४०,छ्ठ लगायत समस्त नेपाली चाडपर्वहरुको उपलक्ष्यमा ललितपुर जिल्ला क्षेत्र नं.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवाल,प्रदेश सभा सांसदहरु लालकुमारी पुन शुशिला र चेतनाथ संजेलको संयुक्त आयोजनामा गोदावरी नगरपालिका वडा नं.३ टौंखेलमा रहेको किटिनी कलेजको प्राङ्गणमा “शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम” भब्य रुपमा हुने भएको छ ।

प्रतिनिधि सभाका सांसद सिलवालका स्वकीय सचिव राजेन्द्र न्यौपानेकानुसार उक्त चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शिर्ष नेताहरु,ललितपुर जिल्लाका प्रतिनिधि ,प्रदेश सभाका सांसदहरु,जिल्ला स्तरिय नेताहरु,विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रमुखहरु,स्थानिय निकायका जनप्रतिनिधिहरु,पार्टीका विभिन्न तपतहका नेताहरु,शुभेच्छुक तथा सरोकारवालाहरुको व्यापक सहभागीता रहने जनाएका छन् । तामाङपेज

तपाईको प्रतिक्रिया