नेपाली बिधार्थी समाज जापानले शुभकामना आदानप्रदान गर्दै

  नयाँ बिहानी प्रकाशित मिति :  495 पटक हेरिएको

टोकियो, जापान । नेपाली बिधार्थी समाज जापान(नेसाज)ले भ्रमण वर्ष २०२० सफल पार्न नेपालको मौलिक कला संस्कृतिबारे बिदेशी नागरिकलाई जानकारी गराउने उदेश्यले शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

हिन्दूहरूको महान पर्व दीपावली(तिहार)को अवसरपारी शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने, क्यूसुमा नेसाजको क्षेत्रिय समिति समेत गठन गर्ने र शुभकामना आदानप्रदान कार्यक्रमको लागि बिकास केसीको संयोजकत्व र दामोदर वस्तीको उप संयोजकत्वमा नौ(९) सदस्यीय ब्यवस्थापन समिति समेत गठन गरिएको महासचिब अजय रानाले जानकारी दिए ।

जापानमा अध्यनरत नेपाली बिधार्थीलाई परेको समस्यामा साथ दिदै बिधार्थीमा भएका रचनात्मक सिप तथा ज्ञानलाई उजागर गर्नका लागि शिक्षा मूलक बिभिन्न रचनात्मक क्रियाकलाप गर्दै आइरहेको यस संस्थाले यही नोभेम्वर २ तारिकमा केन्द्रीय कमिटीको बैठक मार्फ़त वार्षिक कार्ययोजना तय गरी संस्थालाई थप प्रभावकारी बनाउनका लागि क्षेत्रीय समिति बिस्तार गर्ने अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया