जावलाखेलमा नेकपाले “शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम” गर्दै

  नयाँ बिहानी प्रकाशित मिति :  761 पटक हेरिएको

ललितपुर । विं.सं.२०७६ सालको बडा दशैं,शुभ दीपावली,नेपाल सम्वत ११४०,छठ लगायत समस्त नेपाली चाडपर्वहरुका उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटी,ललितपुरको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय उपाध्यक्ष एवं प्रभावशाली नेता एवं पुुुुर्व गृृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा जावलाखेलमा”शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम” कात्तिक ८ गते दिनको १ बजे हुने भएको छ।

उक्त कार्यक्रममा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरका विभिन्न तपतहका नेतृत्वहरु,शुभचिन्तकहरुलाई आमन्त्रण गरिएको जिल्ला सचिव एवं प्रदेश सभाका सांसद राजकाजी महर्जनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया