दीपावली छोडेर प्रतियोगितामा सहभागी हुन नेपाली हक्कि महिला टोली मलेसियामा

  नयाँ बिहानी प्रकाशित मिति :  721 पटक हेरिएको

नयाँ बिहानी मलेसिया ।
मलेसियाको पेराकमा अक्टोबर ३१ देखि नोभेम्बर ३ सम्म संचालन हुने एच आर एच आमन्त्रित अन्तराष्ट्रिय महिला हक्कि प्रतियोगितामा सहभागी हुन नेपाली महिला हक्कि टोली आज मलेसिया आईपुगेको छ।

नेपाली टिमका प्रमुख प्रशिक्षक रन्जन थापा र ब्यबस्थापक आसिम शर्माको नेतृत्वमा खेलाडिहरु कुस्मा राना मगर,सीता माया बल, सरस्वती तामाङ, गुडिया सोनार, लक्ष्मी बल, कमला पुन, समीक्षा पुन, सरिता मेचे, सिमा खड्का पिंकी सिन्जाली मगर, देबिका बिक र निलम पाण्डे लगायतको १४ सदस्यीय टोली आज बिहान ४ बजे मलेसिया अबतरण गरेको प्रमुख प्रशिक्षक थापाले जानकारी दिए।

नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता हो । यसबाट टिमले धेरै अनुभव हासिल गर्नेछ । नेपालको तर्फबाट निकै राम्रो प्रदर्शन हुने प्रमुख प्रशिक्षक थापाले बिश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया