सुदुर पश्चिमेली नेपाली समाज मलेसियाद्वारा दीपावली २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  नयाँ बिहानी प्रकाशित मिति :  850 पटक हेरिएको

नयाँ बिहानी, मलेसिया ।
सुदुरपश्चिमेली नेपाली समाज मलेसियाद्वारा हिजो मलेसियाको राजधानीमा दीपावली २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामीको अध्यक्षता रहेको थियो भने नेपाली राजदुतावास मलेसियाका उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगर प्रमुख अतिथि, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राई र नेपाली राजदुतावासका द्वितीय सचीव महेश्वर मणि त्रिपाठी बिशेष अतिथि रहेका थिए । कार्यक्रममा बिभन्न संघसंस्था र सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका पदाधिकारी र नेपाली दिदिबहिनी दाजुभाइको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तब्यको क्रममा उप-नियोग प्रमुख मोति बहादुर श्रीश मगरले मलेसियाको श्रमिक र श्रम सम्झौता सम्बन्धि जानकारी दिएका थिए । शुभकामना मन्तब्य बिपिन राई, महेश्वर मणि त्रिपाठी लगायतको ब्यक्तिहरुले दिएका थिए।

उक्त कार्यक्रममा सुदिरपश्चिमली नेपाली समाजका लागि योगदान दिने सुदिरपश्चिमेली चेलीहरु तारा कार्की, मोहिनी मल्ल, कुसुम मगर लगायतलाई सम्मान पत्र तथा दक्षिणा प्रदान गरी सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया