“हामी नेपाली राष्ट्रिय समिति मलेसिया”को उद्घाटन तथा दीपावली बिशेष कार्यक्रम सम्पन्न

  नयाँ बिहानी प्रकाशित मिति :  698 पटक हेरिएको

नयाँ बिहानी, मलेसिया ।

हिजो अक्टोबर २७ तारिखका दिन मलेसियाको जोहोरबारु स्थित एबिन होटेलमा “हामी नेपाली राष्ट्रिय समिति मलेसिया”को उद्घाटन तथा दीपावली बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

“हामी नेपाली राष्ट्रिय समिति मलेसिया”का अध्यक्ष प्रकाश वाईबाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका उपाध्यक्ष टेक वाईबा लामा रहेका थिए साथै मलेसियामा कृयाशिल नेपाली संघसंस्थाका पदाधिकारीहरु पनि अतिथिको रुपमा उपस्थित थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वाईबाले दीप प्रज्वलन गरी शुरु गरेका थिए भने मलेसियामा रहेका एक दर्जन भन्दा धेरै कलाकारहरुद्वारा तिहार बिशेष र राष्ट्र भक्त नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा सम्पूर्ण कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो ।

विश्वभर छरिएर रहेका नेपालीहरुलाई संगठित गराई नेपालको बिकासमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय समितिको शाखा “हामी नेपाली राष्ट्रिय समिति मलेसिया”का पदाधिकारीहरुलाई प्रमुख अतिथि टेक वाईबा लामाले सपथ ग्रहण गराई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया