दीपावलीमा किराँत याक्थुङ चुम्लुङ मलेसियाले देउसी भैलो खेले, रु २२७,९७५ रकम संकलित

  नयाँ बिहानी प्रकाशित मिति :  638 पटक हेरिएको

मलेसिया । नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावली २०७६ को शुभ अबसरमा किराँत याक्थुङ चुम्लुङ मलेसियाले भब्य रुपले संस्थागत देउसी भैलो खेलेर मनाएको छ । च्याब्रुङ्ग सहित देउँसी भैली टोलीहरुको समुहले नेपाली ब्यापारीहरु कहाँ लिम्बूहरुको परम्परागत र सांस्कृतिक नाँच च्याब्रुङ्गले नेपाली रकम करिब रु,२२७,९७५ रकम सङ्कलन गरेको छ।

माइती र चेली बिचको सम्बन्धलाई प्रगाढ बनाउन र एक अर्कामा स्नेह,प्रेम र सद्भाब साटासाट गर्ने पर्बको रुपमा मनाइदै आएको दीपावली बिदेशमा पनि नेपालीपन र जातिय संस्कृति,चिनारी सहित बलिहाङ तङनाम(देउसी)लाई मनाउन पाउँदा अत्यन्त आत्म सन्तुष्टि मिलेको आयोजकले बताएका छन् ।

आयोजकले देउसी भैलोबाट प्राप्त रकम मङ्सिर महिनामा पर्ने लिम्बूहरुको महान चाड चासोक तङ्नाम मनाउने योजना रहेको जनाएका छन् । क्वालालम्पुरको कोतराया क्षेत्रमा ब्याबसाय गरेर बस्ने नेपालीहरुकोमा देउसी भैलो(बलिहाङ तङ्नाम) खेलिएको हो। लिम्बू संस्कृती र परम्परा अनुसार तिहारलाई सामुदायिक र संस्थागत रुपले बलिहाङ तङ्नाम भनिन्छ।

तपाईको प्रतिक्रिया