हेल्प मधेसी कतार च्याप्टरद्वारा आर्थिक सहयोग प्रदान

  नयाँ बिहानी प्रकाशित मिति :  504 पटक हेरिएको

सिराहा । मिर्चैया नगरपालिका वडा नं.७ फुलवरियाका पाईल्स पीडित अरुण महरालाई हेल्प मधेसी कतार च्याप्टरद्वारा आर्थिक अवस्था कमजोरभएका कारण शनिबार रु.११ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

सिराहा नगरपालिका वडा नं.११ भलुवाहिका निवासी स्वर्गीय दिलकुमार कामतीको श्रीमतिलाई हेल्प मधेसी कतार च्याप्टरबाट प्राप्त आर्थिक सहयोग हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष रामउदगार यादव र वडाअध्यक्ष विनोदकुमार कामतीले संयुक्त रुपमा आर्थिक सहयोग २१ हजार प्रदान गरेका छन् ।

उक्त आर्थिक सहयोग प्रदान कार्यक्रममा हेल्प मधेसी साउदीका महासचिव श्यामकुमार महत्तो,हेल्प मधेसी सिराहा सेवक राकेश राय,विटु सिंह लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । तामाङपेज

तपाईको प्रतिक्रिया