श्रमिकहित साकोसको”शुभकामना आदानप्रदान तथा बालभेला”सम्पन्न

  नयाँ बिहानी प्रकाशित मिति :  603 पटक हेरिएको

ललितपुर। बडा दशैं,शुभ दीपावली,छठ तथा अन्य चाडपर्वहरुको अवसरमा श्रमिकहित साकोसको आयोजनामा आईतबार ईकुडोलमा वाग्मती गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरेको प्रमुख आतिथ्यमा र वाग्मती गाउँपालिका वडा नं.५ इकुडोलका वडाअध्यक्ष साजन दर्लामी मगरको विशेष आतिथ्यमा “शुभकामना आदानप्रदान तथा बालभेला कार्यक्रम”आईतबार सम्पन्न भएको छ ।

संचारकर्मी नवराज संजेलले उक्त कार्यक्रममा वाग्मती गाउँपालिका वडा नं.५ इकुडोलका वडा सदस्यहरु भीमकुमारी तामाङ,पारस बजगाँई,वाग्मती गाउँपालिका प्रेस संयोजक दीपक घिमिरे समीर,नेपाल डन बस्को सोसाईटी प्रतिनिधि राजन बस्नेत,नागरिक आवाजका कर्मचारी कृष्ण तामाङ लगायत सरोकारवालाहरु,बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको जनाएका छन् ।

श्रमिकहित साकोसले आयोजना गरेको कार्यक्रममा हाजिरी जवाफ,नृत्य,बक्तित्वकला प्रतियोगिताका बिजयी र एस.इ.इ.२०७५ मा उतिर्ण बालसदस्यहरुलाई सम्मान तथा पुरस्कार वाग्मती गाउँपालिका उपाध्यक्ष एवं प्रमुख अतिथि रन्जना घिमिरेले प्रदान गर्नु भएको थियो। तामाङपेज

 

तपाईको प्रतिक्रिया