धापाखेलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  नयाँ बिहानी प्रकाशित मिति :  461 पटक हेरिएको

ललितपुर। बडा दशैं,शुभ दीपावली,छठ तथा अन्य चाडपर्वहरुको अवसरमा ललितपुर महानगरपालिका वडा नं.२३ ले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेत्री,ललितपुर जिल्ला क्षेत्र नं.३ का प्रतिनिधि सभाका सांसद एवं पुर्व मन्त्री पम्फा भुषालको प्रमुख आतिथ्यमा शनिबार धापाखेलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संचारकर्मी नवराज संजेलले उक्त कार्यक्रममा पुर्व सांसदहरु शुशिला नेपाल,मिठ्ठाराम शर्मा बजगाई,प्रदेश सभाका सांसदहरु ज्ञानेन्द्र शाक्य,दीपेश महर्जन,देवकी श्रेष्ठ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार,प्रमुख जिल्ला अधिकारी,भागिरथ पाण्डे,एस.एस.पि.टेकप्रसाद राई,ललितपुर महानगरपालिका उपप्रमुख गिता सत्याल,नेपाल शिक्षक महासंघ अध्यक्ष बाबुराम थापा,सुमेरु ग्रुप अफ नेपालका अध्यक्ष भरत महर्जन लगायतका ब्यक्तित्वहरुको सहभागिता रहेको जनाएका छन् ।

धापाखेलमा आयोजना गरेको उक्त शुभकामना तथा चियापान कार्यक्रम ललितपुर महानगरपालिका वडा नं.२३ का वडाअध्यक्ष भुयुकाजी महार्जनको सभाअध्यक्षतामा भएको थियो। तामाङपेज

तपाईको प्रतिक्रिया