तामाङ कलाकार संघ मलेसियाको बार्षिकोत्सव तथा अधिवेशन हुँदै

  नयाँ बिहानी प्रकाशित मिति :  858 पटक हेरिएको

तामाङ कलाकार संघ मलेसियाको वार्षिकोत्सव तथा अधिवेशन हुने भएको छ । प्रवासमै रहेर पनि आफ्नो धर्म सँस्कृति परम्परा तथा रीतिरिवाज जोगाउने उदेश्यका साथ स्थापना भएको उक्त कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा पहिलो अधिवेशन कार्यक्रम यहि आउँदो डिसेम्बर २२ तारिख आईतवारका दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटलमा हुन लागेको हो।

कार्यक्रममा संस्थाले अहिले सम्म गर्दै आएका विविध सामाजिक कार्यहरु बाचन गरिनेछ । साथै अहिले सम्म धेरै पीडित रोगीहरुलाई सेवा गर्दै अगाडि र आगामी दिनहरुमा पनि सोही कार्यलाई निरन्तरता दिने हेतुका साथ संघ अगाडि बढ्ने सचिब अमिर लोप्चनले जानकारी दिए। संस्थाले विभिन्न क्षेत्रमा अग्रसर रहनु भएका समाजसेबी, पत्रकार, कलाकार, खेलाडीहरुलाई सम्मान गरिदै आएको र आउँदो कार्यक्रममा पनि सम्मान गरिने सचिब लोप्चनले बताए ।

कार्यक्रममा प्रवास मै रही बिभिन्न बिधालाई आत्मासात गर्दै आउनु भएका स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया