नेपाल तामाङ समाज जापान केन्द्रीय समितिको सातौँ अधिवेशन डिसेम्बर २९ मा हुने सदस्यता र उम्मेद्धारीको आवेदन खुल्ला

  नयाँ बिहानी प्रकाशित मिति :  493 पटक हेरिएको

४ नोभेम्बर, टोकियो जापान,

नेपाल तामाङ समाज जापान केन्द्रीय समिति (एनपिओ होउजिन) को सातौं अधिवेशन यहि आउँदो डिसेम्बरको २९ तारिख, आईतबारका दिन हुने बताइएको छ। 

समाजले संस्थाको अगामी नेतृत्व सर्बसम्मतिबाट चयन गर्न, सभाको तयारीको लागि श्री हवल चन्द्र लामाको संयोजकत्वमा कर्म वाङगेल लामा र कुमार लामा (वाइबा) सहितको ३ सदस्यीय निर्बाचन समितिको समेत गठन गरिएको छ । साथै नेपाल तामाङ समाज जापानको केन्द्रीय समितिको निर्वाचनमा सहभागिताका लागि साधारण सदस्यता लिएको हुनुपर्ने बताइएको छ ।

साथै आगामी २०२०/२०२२ कार्यकालको लागि हुने अधिवेशनका लागि डिसेम्बर २० तारिख सम्ममा क्षेत्रीय समितीहरुको अधिवेशन गराई प्रतिनिधीहरुको नाम केन्द्रमा पठाउन क्षेत्रीय समितीलाई पत्रचार गरिसकेको बताइएको छ ।अधिवेशनमा  सहभागी हुनका लागि समाजले नोभेम्बर १५ तारिखदेखि डिसेम्बर १५ तारिख बेलुकी रातको १२ बजे सम्ममा साधारण सदस्यता लिन अनुरोध समेत गरेको छ । 

नेपाल तामाङ समाज,जापानको केन्द्रीय समितिको सातौँ अधिवेशनको साधारण सदस्यता तथा उम्मेद्वारी दर्ताका लागि निम्न नियम तथा कार्य तालिका तयार पारिएको छ । 

कार्यतालिका:-

१) साधारण सदस्य फारम भर्ने नोभेम्बर १५ तारिख देखि डिसेम्बर ९ तारिखसम्म।

२) त्यस्तै उम्मेदवारी दर्ता (अनलाइन मार्फत्) गर्ने नोभेम्बर १५ तारिख देखि डिसेम्बर १५ तारिख बेलुकी रातको १२ बजे सम्म।

३) उम्मेद्धारीको दाबी/ बिरोध, उम्मेद्वारी फिर्ता र सहमति लागि अन्तिम मिति डिसेम्बर २० तारिख रातको १२ बजे सम्मलाई तोकिएको छ । 

साथै सहमति हुन नसकेका पदहरुको निर्बाचन डिसेम्बर २९ तारिखमा हुनेछ कार्यतालिकामा उल्लेख गरिएको छ । अधिवेशनको बन्दसत्र कार्यक्रम डिसेम्बर २९ तारिख बिहान १० बजेदेखि  दिउँसो २ बजे सम्मलाई तोकिएको छ भने अधिवेशनको लागि उम्मेद्धारी शुल्क निम्नअनुसार तोकिएको छ । 

अध्यक्ष- २०००० येन

उपाध्यक्ष- १५००० येन

महासचिव – १५००० येन

सचिब- १५००० येन

कोषाध्यक्ष- १५००० येन

सहकोषाध्यक्ष-१५००० येन

सदस्य-१०,००० येन

समाजको निम्न खाता नं १०११०-७८७६३५११ मा उम्मेद्धारहरुले अनिबार्य फारममा उम्मेद्धार शुल्कको बिल पेश गर्नु पर्नेछ। र यस मार्फत उपलब्ध विवरणको आधारमा अधिवेशनका दिन सदस्यता शुल्क बुझाई भाग लिन सकिने व्यवस्था गरिएको  समाजका महासचिव हिमाल लामा वाइबाले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया