पोङदिला च्याङबाको तेश्रो प्रस्तुती “ओ आमा ” तामाङ मौंलिक गितको म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति :  714 पटक हेरिएको

काठमाडौं,कातिक १८ । खोज इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालिको निर्माणमा तामाङ मौलिक गित ” ओ आमा ” को गितको म्युजिक भिडियो राजधानीमा एक भब्य समारोहकाबीच तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यमा भाषाविद अमृत योन्जन,तामाङ डाजाङका अध्यक्ष फुलकुमार बम्जन लगायतका विशिष्ट व्यक्तित्वहरुको विशेष आतिथ्यमा सार्वजनिक भएको छ ।

सार्वजनिक समारोहमा पुग्नु भएकी एक सर्जक सिम्रन मोक्तान तामाङले ओ आमा तामाङ भाषाको गितको म्युजिक भिडियोमा शब्द,संगित,गायन पोङदिला च्याङबा(सन्जिव),चर्चित गायिका शशिकला मोक्तानको स्वर,एरेन्ज पवन वाङ,स्टुडियो काठमाडौं डिजिटल,निर्देशन रेशमकुमार स्याउली तामाङ,प्रकाश(लाईट)सन्तु गुरुङ,प्रकाश राई,सम्पादन रोशन धिताल,ड्रोन एवं सम्पादन बासु न्यौपानेको रहेको जनाएकी छिन् ।

उक्त म्युजिक भिडियोमा संचारकर्मी सन्ध्या सुस्केरा,पोङदिला च्याङबा,बालकलाकार ,अन्य कलाकारहरुले शशक्त ,दमदार अभिनय गरेका छन् । ओ आमा तामाङ म्युजिक भिडियोको सार्वजनिक दिन खोज मिडियाकी प्रधानसम्पादक एवं संचारकर्मी सन्ध्या सुस्केरा मोक्तानको दशौं प्रस्तुती “शैलुङ गङजोरी” गितको अडियो समेत तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तान लगायतका विशिष्ट ब्यक्तित्वहरुले सार्वजनिक गर्नु भएको थियो।

पोङदिला च्याङबाको तेश्रो प्रस्तुती “ओ आमा” तामाङ गितको म्युजिक भिडियो हेर्नुहोस र सुन्नुहोस……

तपाईको प्रतिक्रिया