मलेसियामा चासोक तङ्नाम साँझ-२०७६ आयोजना हुँदै

  नयाँ बिहानी प्रकाशित मिति :  638 पटक हेरिएको

मलेसिया । लिम्बू समुदायहरुको महान पर्व चासोक तङ्नाम मलेसियामा पनि मनाइने भएको छ। किराँत याक्थुङ चुम्लुङ मलेेेसियाले आयोजना गरेको उक्त समारोहलाई “चासोक तङ्नाम साँझ-२०७६” नामकरण गरी मनाउन लागिएको हो।

क्वालालम्पुर स्थित एरिना होटेलमा डिसेम्बर-८ तारिख आयोजित कार्यक्रमका प्रमुख अथिती मलेसियाका लागि नेपाली राजदुतावासका राजदुत उदयराज पाण्डे रहने कार्यक्रम तय गरिएको र सो समारोहमा मनोरञ्जनका निमित्त सांगीतिक कार्यक्रमहरु समेत राखिएको आयोजक संस्थाका महासचिव दीप खादी लिम्बूले बताएका छन् ।

उक्त कार्यक्रममा सहभागी हुन र दर्शकलाई मनोरञ्जन दिन लिम्बू भाषाको चर्चित गायिका गंगा फियाक,लिम्बू चलचित्र नायक तथा निर्देशक सागर केरुङ्ग र चर्चित गायिका रेश्मा पुनमगर नेपालबाट आउने र कार्यक्रम साँझ ६:०० बजे देखि औपचारिक रुपमा शुरु हुने आयोजकले जनाएका छन् ।

चासोक तङ्नाम साँझ-२०७६ लाई मण्डला रेस्टुरेन्ट क्वालालम्पुर,एभरेस्ट किचन क्वालालम्पुरले प्रायोजन गरेको छ भने सहयोगी संस्था नेपाल मगर संघ मलेसिया र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया रहेको छ।

बिश्वभर छरिएर रहेका लिम्बूहरुको साझा संगठन किराँत याक्थुङ चुम्लुङले बर्षेनि यो पर्बलाई मनाउदै आइरहेको छ।बिशेषगरि यो पर्व सामुदायिक सद्भाव कायम गर्ने र साँस्कृतिक प्रवर्द्धन गर्ने मान्यताले मनाउने प्रचलन रहेको छ।

तपाईको प्रतिक्रिया