मलेसियामा सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०७६ आयोजना हुँदै

प्रकाशित मिति :  1024 पटक हेरिएको

मलेसिया । मञ्जुश्री सम्वत् २८५६ औं जिवा ल्होछार पर्व मलेसियामा पनि मनाउने भएको छ । जिवा ल्होछारको पावन अवसरमा नेपाल तमाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाको संयुक्त आयोजनामा “सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम २०७६” आयोजना गर्ने हिजो मलेसियाको राजधानी क्वालालम्पुरमा एक पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

आगामी सन् २०२० जनवरी २५ तारिख आईतबारको दिन मलेसिया स्थित एरिना स्टार होटेलमा नेपालका चर्चित तामाङ कलाकारहरु फूल कुमार बोम्जन तामाङ, बिमला थिङ तामाङ, आरम्भ थोकर तामाङ, निरञ्जली थोकर तामाङ साथै स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथ मञ्जुश्री सम्वत् २८५६ औं जिवा ल्होछार भब्य रुपमा मनाउने तयारी रहेको नेपाल तामाङ कलाकार संघ मलेसियाको अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङले जानकारी दिए साथै उनले उक्त बृहत् कार्यक्रम तामाङ जातिको रीतिरिवाज र पराम्परालाई पर्देशमा रहेर पनि जोगाई राख्न आयोजना गरिएको बताए ।

यस कार्यक्रममा सहभागी नि:शुल्क रुपमा हुन पाउने भएकोले धेरै भन्दा धेरै उपस्थित भई कार्यक्रम सफल पार्न नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाईबा तामाङले मलेसियामा रहेका सबैलाई आग्रह गरे साथै विश्वभर रहेका तामाङहरु संगठित भई आफ्नो पहिचान जोगाउन आह्वान गर्दै अध्यक्ष तामाङले तामाङहरुको महान पर्बमा दिइने बिदा कटौती गरेकोमा घोर भर्त्सना जनाएको थियो ।

कार्यक्रममा तामाङ जातिको परम्परा र रीतिरिवाज अनुसार पूजा पनि गरिनेछ । यस कार्यक्रमको प्रायोजक फूलबारी रेस्टुरेन्ट र मन्डला रेस्टुरेन्ट रहेको छ।

तपाईको प्रतिक्रिया