मलेसियामा बिरामी परेका रुपन्देही रुद्रपुरका रानालाई आज नेपाल पठाइदै

प्रकाशित मिति :  893 पटक हेरिएको

मलेसिया । मलेसियामा बिरामी परेका रुपन्देही रुद्रपुरका लोक बहादुर रानालाई नेपाली दुतावास मलेसियाको पहल र सकृयतामा तथा नेपाल आदिवासि जनजाति महासंघको आर्थिक सहयोगमा आज नेपाल पठाउने भएको छ ।

राना मलेसियामा ३ बर्ष अगाडि आएका थिए र हाल केही समय देखि अबैधानिकरुपमा जोहोरको एक बगैंचा (गार्डेन) कम्पनीमा काम गर्दै आएका थिए । उनले नेपाल जानको लागि तिर्नु पर्ने जरिवाना मलेसिया रिङगेट ७००/- आदिवासी जनजाति महासंघ मलेसियाले सहयोग गरेकोछ । उक्त सहयोग रकम नेपाल आदिवासी जनजाति महासंघका प्रबक्ता ईश्वर राईले बिरामी रानालाई दुतावासको रोहवरमा हस्तान्तरण गरेका हुन्  ।

गार्डेनमा प्रयोग हुने बिषादीको असरले २ साता अगाडि सिकिस्त बिरामी परेका उनी केएल हस्पिटलमा रिफर भई आईसियुमा भर्ना भएका थिए । नेपाली दुतावासको स्रोत अनुसार रानाको स्वास्थ सुधार भएको र उनलाई आज मलेसियाबाट दिउँसो ४ बजे नेपाल पठाईने तयारी पूरा भएको बताएको छ।

तपाईको प्रतिक्रिया