मलेसियामा कम्पनीमा काम गर्ने क्रममा एक नेपाली घाईते

  नयाँ बिहानी प्रकाशित मिति :  1073 पटक हेरिएको

मलेसिया। मलेसियाको वाइ.एच.आई. म्यनिफ्याक्चरीङ कम्पनी मलकामा काम गर्ने क्रममा हिजो राति एक नेपाली घाइते भएको छ ।

साढे ३ बर्ष पहिले देखि उक्त कम्पनीमा काम गर्दै आएका बारा कलैयाका दिपक साह तेलीको कम्पनीमा काम गर्ने क्रममा हिजो राति ११ बजे मेसिनमा दायाँ हात चेपिएर पूर्ण रुपमा क्षति भएको छ । घाईते साहलाई सोही कम्पनीका सुपरभाइजरले घटना भएको २ घण्टा पछि भेटेर उपचारको लागि मलका हस्पिटलमा लगी भर्ना गराएको थियो । सल्यक्रिया सफल भए पछि आज वाडमा राखेर थप उपचार गराईरहेको साहका सहकर्मीले जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया