बिनोद दनुवार र रिता राईको गाईघाट बजार सार्वजनिक

प्रकाशित मिति :  960 पटक हेरिएको

नयाँ बिहानी । पहिलो लोक स्टारका सेकेन्ड रनर अप बिनोद दनुवार र द भबाईस नेपाल सिजन २ को ब्याटल राउन्डबाट बाहिरिएकी रिता राईको आवाजमा रेकर्ड भएको गाईघाट बजार बोलको गीत रिलिज भएको छ ।

बिनोद पहिलो नेपाली लोक स्टारको माध्यबाट निकै नै चर्चित भएका छन्  । उनको गायन कला राम्रो हुँदा हुँदै पनि आर्थिक स्थिति कमजोर भएकोले बैदेशिक रोजगारको शिलशिलामा मलेसिया गएका थिए । लोक स्टारबाट सफता मिले संगै गीत संगीत मै जीवन बिताउने बताउँछन् ।

त्यस्तै द भ्वाईस अफ नेपाल सिजन २ को स्टेजमा गुन्जिएर सबैको मन जित्न सफल रिता राई दृष्टि बिहिन भए पनि गायकीमा अब्बल छिन् । रिताको रेकर्ड भएको यो गीत पहिलो हो । उनले गीत गाएरै गुजारा चलाउदै आएको र अब पनि गीत संगीत क्षेत्रमा नै लागिरहने बताउँछिन् ।

गीतमा उदयपुरको सदरमुकाम गाईघाट र नेपालको पूर्बि जिल्लाहरुको पर्यटकीय स्थानहरुको वर्णन गरिएको छ । यस गीतका गीतकार मंगल राई हुन् र गीतमा संगीत नुकेश राईले दिएका छन् । यो गीत आज दिउँसो चौतारी अनलाईनको युटयुब च्यानलबाट सार्वजनिक भएको हो ।

 

तपाईको प्रतिक्रिया