मलेसियामा हिमालयन फुटबल क्लबले बैधानिकता पायो

प्रकाशित मिति :  664 पटक हेरिएको

क्वालालम्पुर मलेसिया। फुटबल खेलको प्रबर्धनको लागि नेपाली लगानीमा नेपालीहरुद्वारा मलेसियामा स्थापना भएको हिमालयन फुटबल क्लबले बैधानिकता पाएको छ । स्थापना काल देखिनै फुटबल खेलको र खेलाडीको प्रबर्द्धन गर्न फुटबल प्रतियोगिता गराउदै आएको हिमालयन फुटबल क्लबले हिजो मलेसियाको खेलकुद मन्त्रालयबाट बैधानिकता पाएको हो ।

मलेसियाको स्थानीय नेपाली सहित हाल क्लबको बोर्डमा सात सदस्यीय समिति गठन भएको छ । स्थानीय नेपालीहरुसंग भएको यो सहकार्यले वीर गोर्खालीहरुको सन्तानहरु बिश्वको जुन सुकै कुनामा रहे पनि नेपालीहरु बिचको सद्भाव र देश प्रतिको माया बचाईरहने क्लबका फाउण्डर सन्तोष कार्कीले बिश्वास ब्यक्त गरे साथै मलेसियामा रहेका सबै खेल प्रेमीहरुले हिमालयन फुटबल क्लबको सदस्यता लिन सकिने र खेलाडीहरुले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेर राष्ट्रिय स्तरसम्म पुग्ने अबसर प्राप्त गर्ने फाउण्डर कार्कीले बताए ।

क्लबलाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै क्लबले क्रमश मलेसियामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउने योजनामा रहेको क्लबका उपाध्यक्ष शिब सुबेदीले बताए ।

बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका नेपाली फुटबल खेलाडीहरुको खेल प्रतिको मोह र प्रतिभाको बढवा दिने उद्देश्यले हिमालयन फुटबल क्लब सन् २०१५ मा स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया