दायाँ हात गुमेका दिपक साह तेलीको स्वास्थ्यमा सुधार

  नयाँ बिहानी प्रकाशित मिति :  547 पटक हेरिएको

मलेसिया । मलेसियाको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनी मलकामा काम गर्ने क्रममा यहि नोभेम्बर २६ तारिख राति मेसिनले च्यापिएर दायाँ हात गुमाउन पुगेका दिपक साह तेलीको स्वास्थ्यमा सुधार भईरहेको छ ।

दिपक अहिले उठबस गर्न, दिसापिसाब जान र खाना खान सक्ने भएको छन् । उनको उपचारमा कम्पनीले नै सबै खर्च बेहोरिरहेको र हेरचाहको लागि दैनिक एक जनालाई खटाइएको उनका सहकर्मी सूर्य घर्तीले जानकारी दिए ।

घटना भएको भोलि पल्टनै घटनाको बारेमा बुझ्न नेपाली दुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढा घटना स्थल पुगी घाईते भएका दिपक ,वाई एच आई कम्पनीको एचआर र उपचारमा संलग्न डक्टरसंग भेटेका थिए ।

घाईतेको लागि राहत तथा सुबिधाको बिषयमा दुतावासको तर्फबाट प्रस्ताव गरे पनि उक्त कम्पनीको डाईरेक्टर सिंगापुरमा रहेकोले डाइरेक्टर आए पछी फेरि कम्पनी र नेपाली दुतावास बिच बैठक हुनेछ । यसै क्रममा कम्पनीको काम गर्ने स्थान तथा बस्ने होस्टेलको पनि निरिक्षण गर्दा सबै ठाउँ सामान्य नै रहेको जनसम्पर्क अधिकृत बुढाले जानकारी दिएका छन् ।

दिपकले उक्त कम्पनीमा ३ बर्षे करार अबधि भन्दा ६ महिना बढि काम गरेको भए पनि नेपाल सरकारको नियम अनुसार ४ बर्ष सम्मको बीमा करार अबधि रहने भएकोले उनले नेपालमा पनि बीमा बाफतको रकाम पाउनेछ । साथै कम्पनीबाट पाउने सुबिधा र राहतको बिषयमा दुतावासले पहल गरिरहेको र कम्पनी त्यस बिषयमा सकारात्मक रहेको पनि नेपाली राजदुतावास मलेसियाका उपनियोग प्रमुख मोति बहादुर श्रीश मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया