सेतीदेवी माबिलाई शैक्षिक सामाग्री बितरण

प्रकाशित मिति :  585 पटक हेरिएको

नयाँ बिहानी। नेपाल तामाङ घेदुङ क्षेत्रीय समिती पेनाङ मलेसियाको विशेष सहयोग र नेपाल तामाङ घेदुङ मलेसियाको सहकार्यमा मंसिर १३ गते शुक्रवारको दिन काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ८ मा रहेको सेतीदेबी माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

उक्त बिद्यालयको प्रधानाध्यापक दावा ध्वज तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अथिति वडाअध्यक्ष लक्ष्मी बहादुर घिसिङको रहेको थियो ।

कार्यक्रममा नेपाल घेदुङ मलेसियाका महासचिव सबिन लोप्चन तामाङले पनि आफ्नो मन्तव्यको क्रममा बिगत लामो समय देखि नेपाल तामाङ घेदुङ मलेसियाले सामाजिक र विभिन्न राहत कार्यक्रममा सहयोग गर्दै आएको जानकारी गराउदै अहिले शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको जानकारी गराए ।

यस शैक्षिक सामाग्री बितरण कार्यक्रममा एक कक्षा देखि दश कक्षा सम्मको विद्यार्थी १३४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधिहरु तथा अभिभावकहरु उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया