लाेकप्रिय हाँस्य टेलीचलचित्र “भाे त अब”काे ८० औं भाग छायांकन सम्पन्न

प्रकाशित मिति :  1469 पटक हेरिएको

नयाँ बिहानी । पछिल्लो समयमा निकै चर्चा बटुल्न सफल हाँस्य टेली चलचित्र “भाे त अब”काे ८० औं भागकाे छायांकन शनिबार ललितपुरमा सम्पन्न भएको छ । मेख बहादुर गुरुङकाे निर्माणमा गत वर्ष जेठ दुई गतेबाट शुरु भएर एनटिभि प्लसबाट प्रसारण हुँदै आएकाे टेलिचलचित्र शनिबार ८०औं भाग छायांकन गरेको हाे ।

टेलिचलचित्रमा पेमा तामाङकाे निर्देशन, तिर्सना मगरकाे सह निर्देशन र बिनाेद तामाङकाे छायांकनमा कलाकारहरु ज्याक गुरुङ, मेख बहादुर गुरुङ, करण तामाङ घलान बिर्खे, तिलक सारु मगर, तिर्सना मगर, पेमा तामाङ, सन्ध्या राई, कल्पना मगर, सराेज मगर, मनिता तिमल्सिना, श्रीया गुरुङ लगायतका कलाकारहरुकाे उत्कृष्ट अभिनय रहेको छ ।

पछिल्लो समयमा दर्शक श्राेताहरुले निकै मन पराउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै दर्शककै माग र चाहाना बमोजिम टेलिचलचित्रलाई लाने निर्माता मेख बहादुर गुरुङले जनाएका छन्।

तपाईको प्रतिक्रिया