आम माफी डिसेम्बर ३१ तारिखमा सकिदै, ४ महिनामा २८१० जना नेपालीहरु स्वदेश फर्किए

प्रकाशित मिति :  661 पटक हेरिएको

मलेसिया । मलेसियाको सरकारले मलेसियामा अबैधानिक रुपमा रहेका कामदारहरुलाई स्वदेश फर्कन दिएको आम माफी ‘ब्यक फर गुड’ बाट ४ महिनामा जम्मा २८१० जना नेपालीहरु दूतावासको माताहतबाट स्वदेश फर्किएका छन् । यस आम माफीको समय अबधि यहि डिसेम्बर ३१ तारिख सकिने छ ।

अगष्ट १ तारिख देखि नोभेम्बर ३० तारिख सम्ममा ८९ महिला र २७२१ पुरुष गरि जम्मा २८१० जना नेपालीहरु दुतावासबाट ट्राभल डकुमेन्ट बनाई स्वदेश फर्किएको नेपाली दुतावास मलेसियाकी काउन्सिलर आशु बस्नेतले जानकारी दिइन् । आफ्नो पासपोर्ट भएकाहरुले ट्राभल डकुमेन्ट नबनाई सिधै मलेसियाको अध्यगमन बिभागमा गई स्वदेश फर्कन पाउने प्राबधान भएको र त्यसको बिबरण मलेसिया अध्यगमन बिभागबाट नआईसकेकोले अनुमानित ५ हजार नेपाली स्वदेश फर्किएको काउन्सिलर बस्नेतले बताइन् ।

मलेसियामा रहेको अबैधानिकहरुलाई ‘ब्याक फर गुड’ प्रोग्राम सकिए पछि निकै कडाईका साथ कार्वाही गर्ने मलेसिया सरकारले जानकारी गराएको छ । २०२० को जनवरी १ तारिख देखि नै अबैधानिकहरुको लागि कडा अप्रेसनको तयारी गरिरहेका छन साथै जरिवाना तथा जेल सजाय बढाउने भएको छ । यो अबधिमा स्वदेश नफर्कनु भनेको दुर्भाग्य हो, धेरै ठूलो जोखिम उठाउनु हो । यो अन्तिम आम माफिको अबसरको सदुपयोग गरी डिसेम्बर भित्र नै अबैधानिक नेपालीलाई नेपाल फर्कन नेपाली दुतावास मलेसियाका राजदूत उदयराज पाण्डेले आग्रह गरे ।

मलेसियामा ११ हजार अबैधानिक नेपाली रहेको अनुमान गरेका छौं । आम माफीको अबधि १ महिना मात्र हुँदा स्वदेश फर्कनेको संख्या केहि बढेको छ । अबैधानिकरुपमा
मलेसियामा रहेका नेपालीहरुको परिवार र मलेसियामा रहेको नेपाली संघ संस्थाले पनि उनिहरुलाई स्वदेश फर्काउन पहल र प्रेरित गर्न राजदुत पाण्डेले आग्रह गरे ।

तपाईको प्रतिक्रिया