चासोक तङ्नाम साँझ-२०७६ को तयारी पूरा,आधा दर्जन चर्चित कलाकारहरु मलेसिया आईपुगे

प्रकाशित मिति :  786 पटक हेरिएको

क्वालालम्पुर,मलेसिया । लिम्बू समुदायहरुको ऐतिहासिक महान पर्व चासोक तङ्नाम साँझ-२०७६ (न्वागी पुजा)को तयारी पूरा भएको छ। शुभकामना आदानप्रदान तथा साँस्कृतिक धमाका रहने सो कार्यक्रम क्वालालम्पुर स्थित एरिना स्टार होटेलमा डिसेम्बर-८ तारिख आयोजना हुँदैछ। कार्यक्रमका प्रमुख अथिती नेपाली राजदुतावासका राजदुत महामहिम उदयराज पाण्डेको उपस्थितिमा सो समारोहको उद्घघाटन गरिने भएको हो।

उक्त कार्यक्रममा सहभागी हुन र दर्शकलाई मनोरञ्जन दिन लिम्बू भाषाको चर्चित गायिका गंगा फियाक,लिम्बू चलचित्र नायक तथा निर्देशक सागर केरुङ्ग,चर्चित गायिका रेश्मा पुनमगर र नायिका रिस्ता अधिकारी,बिपना बस्नेतको प्रस्तुति रहने छ।भने कार्यक्रम साँझ ६:०० बजे देखि औपचारिक रुपमा शुरु हुनेछ।

चासोक तङ्नाम साँझ-२०७६ लाई मण्डला रेस्टुरेन्ट क्वालालम्पुर,एभरेस्ट किचन क्वालालम्पुर, सुर्केली किचन घर जोहोरले प्रायोजन गरेको छ भने सहयोगी संस्था नेपाल मगर संघ मलेशिया र मिडिया पार्ट्नर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ,मलेसिया रहेको छ।

बिश्वभरि छरिएर रहेका लिम्बूहरुको साझा संगठन किराँत याक्थुङ चुम्लुङले बर्सेनी यो पर्बलाई मनाउँदै आइरहेकोछ।बिशेषगरि यसपाली चाहिँ यो पर्वलाई खानपिन र साँस्कृतिक कार्यक्रम सहित अलि भिन्न पाराले मनाउन लागिएको आयोजक संस्थाले जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया