गायक बादल थापा मगरको पल्ला घरे बजारमा

प्रकाशित मिति :  1520 पटक हेरिएको

नयाँ बिहानी । गायक बादल थापा मगरको पल्ला घरे बोलको गीत हिजो रिलिज भएको छ । उक्त गीतका गीतकार सुरेश राना र संगीतकार बादल थापा मगर नै रहेको छ । साथै अभिनयमा पनि स्वयं बादल थापा मगर नै मुख्य भूमिकामा देखिएका छन् ।

सानै उमेर देखि सांगीतिक क्षेत्रमा लागेका थापाले ‘प्रेम गीत २ को कोभर-सङ प्रतियोगिता’जीते पछि उनको लोकप्रियता चुलिएको हो । उनले हालसम्म दर्जनौं गीतहरु गाइसकेका छन् भने केहि चलचित्रको गीतमा पनि स्वर दिएका छन् ।

गायक थापा एक हप्ते मलेसिया, सिंगापुर र इन्डोनेसियाको भ्रमण सकेर नेपाल फर्के कै दिन पल्ला घरे बोलको गीत द कार्टुन क्रुज युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

तपाईको प्रतिक्रिया