कलैया उपमहानगरपालिकाको ब्रहमपुरी निवासी दिपक साहकाे लागि खुशीकाे खबर

प्रकाशित मिति :  606 पटक हेरिएको

मलेसियामा कम्पनीमा काम गर्ने क्रममा आफ्ना दाहिने हात गुमाएका दिपक साह तेलीले आफूलाई भेटघाट गर्न आउने क्रममा राहतकाे रूपमा सहयाेग गर्नु भएका अन्य कम्पनीका नेपाली कामदार, म्यानमार, इन्डोनेसिया र मलेसियाका कामदारहरुलाई धन्यबाद गरेका छन् ।

YHI कम्पनीले दिपक साह तेलीकाे लागि संकलन भएकाे राहत रकम हस्तान्तरण गरेकाे छ। कम्पनीको जनरल म्यानेजर,सिनियर म्यानेजर, एचआर म्यानेजर तथा कास्तिङ सेक्शन हेड रूममै गएर संकलित रकम एकमुष्ट मलेसियन रिङ्गिट ८,८५९/- लगभग नेपाली रकम रू२,३९,८०७.९० (दुई लाख उन्नचालिस हजार आठ सय सात रूपैया नब्बे पैसा) दिपककाे साहकाे ग्लोबल आइएमइ बैंककाे खातामा जम्मा गरिदिएकाे छ तथा त्यस कम्पनीका कर्मचारीहरूले पीडित साहकाे कृतिम हात मिलाउन कम्पनीले भरपुर सहयाेग गर्ने बारा कलैया ब्रहम्पुरी निवासी दिपक साहकाे साथी सुरज पटेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया