ओखलढुंगा एकता सेवा समाज मलेसियाले चौथो वार्षिकोत्सव मनाए

प्रकाशित मिति :  658 पटक हेरिएको

मलेसिया । ओखलढुंगा एकता सेवा समाज मलेसियाले नयाँ वर्षको अवसर पारेर समाजको चौथो वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रम क्वालालम्पुर स्थित रहेको द फाईभ ईलेभेन्स होटेलमा गरिएको थियो । कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघसंस्था प्रतिनिधि व्यावसायिक स्थानीय कलाकार र मलेसियामा विभिन्न शहरमा छरिएर रहेका ओखलढुंगा बासीको ठूलो उपस्थिति रहेको थियो। समाजका अध्यक्ष हिरालाल दयालको सभापतित्वमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहका थिए ।

राष्ट्रिय गीतबाट शुरुवात गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रमुख सल्लाहकार राज सुनुवारले दिएका थिए।
यस संस्थाले बिगत चार बर्ष देखि विभिन्न किसिमका पीडितलाई सहयोग गर्दै आएको बारेमा कहाँ कति कसरी गरियो भन्ने सम्बन्धमा कोषाध्यक्ष रिद्दी अधिकारीले आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा निमन्त्रणालाई स्विकार्दै पाल्नु भएका अतिथि सबैले मन्तव्य राख्नु भएको थियो।

व्यवसायी ओखलढुंगा निबासी गाउँ बेसी रोधिघरका प्रोपाइटर घनश्याम अधिकारीले आफ्नो जिल्ला बासी संगठन रहएकोमा खुशी व्यक्त गर्दै र आगामी दिनमा आफूसमेत संगठनको आजीवन सदस्य रहेर आफ्नो तर्फबाट सक्ने योगदान संगठनलाई दिने प्रतिबद्धता समेत व्यक्त गरे।
संस्थामा महत्वपूर्ण योग्दान पुर्याउने ब्यक्तिहरुलाई कदर पत्र र सम्मान पत्र दुई बिधामा संस्थाका अध्यक्ष हिरालाल दयाल र गैर आवासीय संघ मलेसिया एनआरएनए सदस्य योगेन्द्र कोईरालाले प्रदान गरेका थिए।

अन्त्यमा अध्यक्षले आफ्नो मन्तव्य राख्दै सम्पूर्ण जिल्ला दाजुभाइ दिदीबहिनीहरुलाई संस्थामा आबद्ध भएर प्रबासमा हातेमालो गर्न आग्रह गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया