शुभ आरम्भ अनलाइन क्लबले वृहत् साँस्कृतिक धमकाकाे साथ अतिरिक्त क्रियाकलाप प्रतियोगिता गर्दै

प्रकाशित मिति :  555 पटक हेरिएको

नुवाकोट । शुभ आरम्भ अनलाइन क्लबले पाैष २९ गते वृहत् साँस्कृतिक धमकाकाे साथ अतिरिक्त क्रियाकलाप प्रतियोगिता गर्ने भएको छ। सञ्चारकाे दुनियाँलाई नियाल्दै २०७६ सालमा स्थापित क्लबले आफ्नाे पहिलो प्रस्तुति स्वरुप यही पाैष २९ गते मंगलबार वडा स्तरिय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता तथा ख्याति प्राप्त कलाकारहरुकाे साथमा वृहत् साँस्कृतिक कार्यक्रम बेलकाेटगढी ४ नुवाकोटमा अवस्थित श्री पंञ्चासे माध्यमिक विद्यालयकाे प्राङ्गणमा गर्ने भएको हो ।

कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्यटेली चलचित्र “भाे त अब” काे चर्चित हाँस्यकलाकार मिस्टर बिर्खु (करण तामाङ ग्लान), लाेक गायक भिमसेन दाहाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे व्याजाेड प्रस्तुति रहने भएको छ । कार्यक्रम श्री पंञ्चासे मा वि डाँडाखर्क, लियाे क्लब अफ नुवाकोट पराेपाेकार, लायन्स क्लब अफ काठमाडौ तथा पाेष्ट बहादुर स्मृति प्रतिष्ठानकाे समेत सहकार्यमा रहने आयाेजक कमिटीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया