प्रदेश नं ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि काठमाडौंमा प्रदर्शन

प्रकाशित मिति :  735 पटक हेरिएको

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश नं. ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपाले प्रदेश नं. ३ को नाम बागमती राख्ने प्रस्ताव अघि सारेपछि आदिवासी जनजातिहरुले विरोध जनाएका छन् । काठमाडौंको माइतीघर मण्डलामा उपस्थित भएर विरोध प्रदर्शन गरेको हो ।

राज्यको पुनर्संरचना पञ्चायतकालीन नाम नै प्रस्ताव गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, नेवाः ताम्सालिङ संयुक्त संघर्ष समिति लगायतले विरोध जनाएका हुन्।

नेपालका आदिवासी जनजातिहरुको मुख्य मुद्दाको रुपमा रहेको पहिचान र अधिकार सहितको राज्यको पुनः संरचना गर्ने गराउने आवश्यकता र अभियानको विरुद्ध सत्तारुढ दल लागेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

तपाईको प्रतिक्रिया