बातुकेभ र कोता दमनसारामा अध्यगमन बिभागले छापा मार्यो, १९ जना नेपाली सहित ८२ जना पक्राउ

प्रकाशित मिति :  630 पटक हेरिएको

मलेसियाको बातुकेभ र कोता दमनसारामा हिजो ७ जनवारीमा सेलाङगर अध्यगमन बिभागले छापा हान्दा १९ जना नेपाली सहित ८२ जना अबैधानिक विदेशी कामदार पक्राउ परेका छन्।
मलेसिया सरकारले अबैधानिक बिदेशी कामदारलाई आम माफी सहित स्वदेश फर्कन दिएको अबसर ब्याक फर गुडको अबधि यहि डिसेम्बरमा सकिएको थियो । उक्त आम माफीको समय हजबधि सकिए संगै मलेसियाको अध्यगमन बिभागले कडाईको साथ चेक जाँच र छापा हान्ने कार्यलाई तिब्रता दिएकोछ ।

सेलाङगर अध्यगमनको डाइरेक्टर मोहमद शुक्रि नावीको नेतृत्वमा दिउँसो ३ बजे देखि साँझ ९ बजे सम्म बातुकेभ र कोतादमानसारा क्षेत्रका सुपर मार्केट, फुडकोर्ट र भोजनालयमा १२२ जना बिदेशी कामदारहरुलाई चेक जाच गर्दा बंगलादेशको २६ जना, नेपालको १९ जना, ईन्डियाको १४ जना, इन्डोनेसियाको ११ जना, म्यानमारको ८ जना र पाकिस्तानको ४ जना पक्राउ परेकाे हो । जसमा ७७ जना पुरुष र ५ जना महिला रहेको छ ।

अबैधानिक बिदेशी कामदारलाई काम दिनेहरुको खोजी गरी कानुन अनुसार कार्वाही गर्ने डाइरेक्टर नावीले बताएको जबातान ईमिग्रेशनको पेजमा उल्लेख छ ।

पक्राउ परेका सबैलाई सेलाङगर अध्यगमन बिभागमा राखिएको जनाएको छ।

तपाईको प्रतिक्रिया