मलेसिया स्थित निलाईमा आज बिहान कार दुर्घटनामा, २ जना नेपालीको ज्यान गयो

प्रकाशित मिति :  617 पटक हेरिएको

मलेसिया । मलेसिया स्थित निलाईमा आज बिहान कार दुर्घटनामा परी २ जना नेपालीको ज्यान गएको छ ।

बिगत एक दशक देखि मलेसियामा रेष्टुरेन्ट ब्यबसाय गर्दै आएका दोलखाका राज कुमार श्रेष्ठ र उनका स्टाफ सुर्खेतका रमेश पोखरेलको आज बिहान अन्दाजी ५:३० बजे निलाई कै हारतालीका ग्लोब कम्पनीका कामदारहरूलाई खान पुय्राउन जाने क्रममा कार र ट्रक ठोकिदा दुबै जनाको ज्यान गएको र कार पनि पूर्णरुपमा क्षति भएको निलाई कै अर्का ब्यबसायी फुर्बा दोर्जे तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया