मलेसियामा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा

प्रकाशित मिति :  823 पटक हेरिएको

मञ्जुश्री संम्वत २८५६ औं जिवा ल्हो (मुसा वर्ग) को अवसरमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाको संयुक्त आयोजनामा यहि जनवरी २५ तारीख मलेसिया स्थित एरियना स्टार होटेल क्वालालम्पुरमा भब्यरुपमा सम्पन्न गर्ने तयारी पूरा भएकोछ । कार्यक्रमको मुख्य प्रायोजकमा छिटो, छरितो र बिश्वासनीय सेवा प्रदान गर्दै आएको आईपे रेमिट रहेको छ जहाँबाट मलेसियामा रहेको मर्चन्ट्रेड मनि ट्रान्सफरबाट सजिलै नेपाल पैंसा पठाउन सकिनेछ ।

“संसार भरि छरिएर बसेका सम्पूर्ण तामाङहरु एक हौं हाम्रो भाषा, धर्म र संस्कृतिको जगेर्ना गरौं” भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको तामाङ समाज मलेसिया र नेपाल तामाङ घेदुङ मलेसिया बिच गत जुन २१ मा एकता भए पश्चात तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेका छौं, यो कार्यक्रम ऐतिहासिक कार्यक्रम हुनेछ नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाईबाले बताए ।

उक्त कार्यक्रम नेपालको राष्ट्रिय तामाङ कलाकारहरु फूल कुमार बोम्जन तामाङ, बिमला थिङ तामाङ,आरम्भ थोकर तामाङ सिर्जना स्याङतान तामाङ तथा मोडल निरञ्जली थोकर तामाङ र साथमा स्थानीय कलाकार हरुको पनि बेजोड प्रस्तुती रहनेछ । कार्यक्रममा प्रबेश नि:शुल्क भएकोले बर्ष दिन पछि आएको महान चाडमा खुशि साट्न र मनोरञ्जन लिन मलेसियामा रहनु भएको सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्तिथिको लागि तमाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्बा दोर्जे तामाङले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया