विश्व कृर्तिमान राख्न सफल उदयपुरका दुई जना सम्मानीत

प्रकाशित मिति :  957 पटक हेरिएको

विभिन्न विधामा विश्व कृर्तिमान राख्न सफल उदयपुरका दुई जना प्रमाण पत्रका साथ सम्मानीत भएका छन् । विश्वकै पहिलो नेपाली नेपालबाट च्याम्पियन विश्व कृर्तिमानी राख्न सफल चित्रकुमार कार्की र धनश्याम श्रेष्ठ (मनिष) प्रममाणपत्रको साथ सम्मानीत भएका हुन् ।

विश्व कृर्तिमान राख्न सफल उल्टो मोटरसाईकल यात्री कार्की र काँधमा खुट्टा राखेर मोटरसाईकल चलाउने श्रेष्ठलाई गिनिज बुकका संस्थापक डा.पताभि राम र डा.सान्थी देवीले प्रमाण पत्र हस्तान्तरणका साथ सम्मान गरेको थियो । 

गाईघाटका उल्टो मोटरसाईकल यात्रा ११.५३ किलोमिटर उल्टो मोटरसाईकल यात्रा लगायतका विश्व कृर्तिमान राख्न कार्की सफल भएको थियो । त्यस्तै कटारी नगरपालिकाका श्रेष्ठले काँधमा खुट्टा राखेर मोटरसाईकल चलाउदै यात्रा गरी कृर्तिमान राख्न सफल भएको हो ।

नेपाल बहुल जाति, बहुल संस्कार संस्कृति भएको देश हो । जुन समाज अनुसार छुट्टा छुट्टै पहिचान र संस्कार संस्कृति भएको डा.रामले बताए । विश्वका लागि एउटा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । अझै राम्रो गर्दै जानको लागि शुभकामना समेत दिएका थिए ।

उल्टो मोटरसाईकल यात्री कार्कीले शुरुमा मोटरसाईकल उल्टो चलाउँन सिक्दा आफ्नो गाडी नभएकाले अरुको मागेर सिक्नु पर्ने बाध्यता भएको उनले बताए । आफुले देखेको सपना पूरा गर्नका लागि दृढ भएर लागि परेकाले आज पूरा भएको उनले बताए ।

काँधमा खुट्टा राखेर मोटराईकल चलाउँदा कतिले पागल भने त हजारैँ पटक असफल हुँदै दुर्घटनामा समेत परेको श्रेष्ठले बताए । दुर्घटना हुँदा पनि मनलाई बलियो बनाएर प्रयास जारी राखेकाले आज सफल भएको उनले बताए ।

कृर्तिमानी युवा संघले निर्माण गर्न लागेको कृर्तिमानी संग्रालयमा विश्व कृर्तिमानी राख्न सफल व्यक्तिहरुका तस्बिर, नाम र प्रयोग गरेका सामाग्रीहरु राख्ने कृर्तिमानी युवा संघका अध्यक्ष चित्रकुमार कार्कीले बताए । कार्कीले भने “अहिलेसम्म कसैले यस्तो काम नगरेकाले एउटा उदाहरणीय कामको थालनी गरेका छौँ ।, डा.रामले संग्रालयको अनुगमन गरी सहयोग गर्ने जनाएकोछ ।

तपाईको प्रतिक्रिया