मुग्लान म्हिला ह्युल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक हुँदै

प्रकाशित मिति :  1135 पटक हेरिएको

गायक निमा दोङ र गायिका जितु लोप्चनको सुमधुर स्वरमा सजिएको ‘मुग्लान म्हिला ह्युल’ बोलको गीतको म्युजिक भिडियो रिलिज हुने मिति काठमाडौ स्थित बौद्धमा एक पत्रकार सम्मेलन गरि निर्माण पक्षले सार्बजनिक गरेको छ ।

चर्चित गीतकार कुमार स्याङ्बसको शब्द र निमा दोङको संगीतमा तयार भएको गीतमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन गरेका छन् भने उक्त म्युजिक भिडियोमा ख्याति प्राप्त कलाकारहरु फुर्वा दोर्जे मोक्तान, रोस्नी ब्लोन र कुईसाङ रुम्बाले अभिनय रहेको छ । उक्त म्युजिक भिडियो माघ ४ गते शनिबार सार्वजनिक गर्ने भएको छ । म्युजिक भिडियो बैदेशीक रोजगारीमा श्रीमान गए पछि श्रीमतीले भोग्नु पर्ने नेपाली समाजको बिद्यमान समस्याहरुको कथामा आधारित रहेको निर्माण पक्षले बताएको छ ।

यस म्युजिक भिडियोको मुख्य भूमिकामा रहेको कलाकार फुर्वा दोर्जे मोक्तानले नेपाली संगितिक तथा सिने जगतमा लामो समय देखि योग्दान दिदै आएका छन् । उनले दर्जनौं गीतमा स्वर, लय, शब्द र अभिनय गरिसकेका छन् । हालै मलेसियामा सम्पन्न दोस्रो शन्देस सन्चार अवार्ड २०२० को ‘आर्टिस्ट अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । मोक्तानद्वारा अभिनित चलचित्र इन्काउन्टर छिटै नै रिलिज हुने तयारीमा छ भने यस अघि पनि केही ठुला पर्दाको चलचित्रमा अभिनय गरिसकेका छन् । मोक्तानले कलकारीताको साथ साथै मलेसियामा रहेर समाजसेवा र व्यवसाय गर्दै आएका छन् ।

यसै म्युजिक भिडियो कि नायिका रोस्नी ब्लोन पनि नेपाली सांगीतिक तथा सिने जगतमा बिगत लामो समय देखि चर्चा कमाएकी नायिका हुन् । ब्लोनले दर्जनौ म्युजिक भिडोयो र तामाङ चलचित्रमा अभिन गरिसकेकी छिन् । उनी पनि कलकारीता संग संगै ब्यवसाय र समाजसेवा गर्दै आएकी छिन् ।

यस म्युजिक भिडियो थाईल्याण्ड, मलेसिया र नेपालको बिभिन्न ठाउँमा छायांकन गरिएको छ । म्युजिक भिडियो सुशील स्याङबाले छायांकन गरेका हुन् । यो म्युजिक भिडियो डम्फु मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक हुने भएको छ ।

तपाईको प्रतिक्रिया