मलेसियामा कक्फेवा तङनाम मनाइयो

प्रकाशित मिति :  584 पटक हेरिएको

मलेसिया । आज मलेसियाको राजधानी क्वालालुम्पुर स्थित परदेशी रेस्टुरेन्टमा किराँत याक्थुङ चुम्लुङ मलेसियाको आयोजनामा कक्फेवा तङनाम अर्थात माघे संक्रान्ति मनाएकाे छ।

मलेसिया स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यवसायी, तथा नेपाली दाजुभाइ दिदीबहिनीहरुकाे उपस्थितिमा किराँत याक्थुङ चुम्लुङले कक्फेवा तङनाम सेल रोटी, तिलको परिकार र तरुल खाई एक आपसमा खुसियाली बढेर मनाएकाे थियो। नेपालका किराँतीहरूले पनि विशेष पर्वकाे रूपमा मनाउने आजकाे दिनलाई अन्य जातजातिहरूले पनि माघे संक्रान्ति, माघीकाे रूपमा पनि यस पर्वलाई मनाउने गर्दछ ।

आजको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

आजकै दिनबाट हिउँद घट्दै जाने र ऋतु परिवर्तन हुदै जान्छ । माघे संक्रान्ति अर्थात माघी थारु र मगर समुदायको मुख्य पर्व हो । यो पर्वमा चोखो कपडा लगाई तील र चाकु मिसाएको परिकार तथा तरुल आदि खाने चलन छ ।

तपाईको प्रतिक्रिया