लाेकप्रिय हाँस्यटेली चलचित्र “भाे त अब” ८७ औं भागमा

प्रकाशित मिति :  827 पटक हेरिएको

काठमाडौ । पछिल्लो समयमा दर्शकस्राेताहरुकाे मन जित्न सफल लाेकप्रिय हाँस्यटेली चलचित्र “भाे त अब” ले ८७ औं भाग छायांकन गरी ८७ औं भागमा प्रवेश गरेको छ । चलचित्र मेख बहादुर गुरुङकाे निर्माण परिकल्पना र करण तामाङ घलानकाे निर्देशन रहेको छ । यसैगरी सम्पादनमा उत्तम गुरुङ , सह निर्देशनमा तिर्सना मगर, छायांकनमा विनाेद तामाङ , जेनिस तामाङ घलान , श्रृङ्गारमा कल्पना मगर , कथा लेखन भाे त अब परिवार रहेको छ । यस हाँस्यटेली चलचित्रमा मेख बहादुर गुरुङ (गुरुङ दाई) , करण तामाङ घलान (मिस्टर बिर्खु) , सुरवीर पण्डित (डाँडाघरे), रामचन्द्र अधिकारी, कल्पना मगर(मिस कल्फ्स) , ज्याक गुरुङ (झिम्के), नवराज राई (मीत ज्यु) , सिर्जना वाइबा (काँसी) , तिर्सना मगर (साेना) , हरि श्रेष्ठ (बाबुराजा) , अनु लामा पाख्रिन लगायतका लाेकप्रिय कलाकारहरुकाे उत्कृष्ट अभिनय रहेको छ । अबकाे दिनहरुमा दर्शकस्राेताहरुकाे माग र चाहना अनुसार अघि बढ्ने निर्माता मेख बहादुर गुरुङले बताए ।

तपाईको प्रतिक्रिया