नेपाल आदिवासी जनजाति महासंघ जोहोर शाखाको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा गंगा चाम्लिङ राई

प्रकाशित मिति :  1224 पटक हेरिएको

मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ जोहोर शाखाको चौथो अधिबेशनबाट गंगा चाम्लिङ राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन भएको छ । उक्त अधिवेशन जोहोर स्थित बागुस होटेलमा जनवरी १९ तारीख आईतबारको दिन सम्पन्न भएको थियो ।

प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष घनश्याम चौधरी थारु रहेका थिए भने अतिथीहरु एनआरएनए मलेसिया क्षेत्रीय समिती जोहोर सचीव अर्जुन सिंह अनुरागी, मजदुर एकता केन्द्रका प्रतिनिधि दिलिप शाही, एनआरएनए मलेसियाका सल्लाहकार राजेश क्ष्रेष्ठ , समाजसेवी रमेश मल्ल, नेपाल् मगर सान्स्कृतिक संघ मलेसियाका अध्यक्ष यम बलाल मगर लगायतका संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए ।

मन्तब्यको क्रममा नयाँ समितिलाई शुभकामना तथा बधाई दिदै आदिवासी जनजाती जनजाति समुदायहरुको एकता अझै मजबुत हुने नसकेकोमा दुख ब्यक्त गर्दै नयाँ समितिले जोहोर क्षेत्रमा आफ्नो समुदाय र समग्र नेपाली समुदायलाई पनि सशक्तीकरण र एकतामा बल पुय्राउने भन्ने बिश्वास रहेको प्रमुख अतिथि घनस्याम चौधरी थारुले बताए ।

साथै अर्जुन सिंह अनुरागी, दिलिप शाही, राजेश क्ष्रेष्ठ , रमेश मल्ल, यम बलाल मगर लगायतका अतिथिहरुले शुभकामना मन्तब्य दिएका थिए ।

हिजो सम्पन्न अधिवेशनबाट गंगा चाम्लिङ राईको अध्यक्ष, केशब कुस्मि थारु उपाध्यक्ष, तेज कुमार बुढा मगर उपाध्यक्ष, सुनिल थापा मगर सचिव, रबिकिरण लिम्बू सह-सचिव, रेस्मा राई कोषाध्यक्ष साथै सदस्यहरु ससिकला राई, छविराज राई, मान बहादुर तामाङ, मनमाया राई, सुरेस खबाँस थारु, आशा गुरुङ, सुनिता सुनुवार, सुरेस बुढा मगर, दिनेश थिङ तामाङ, मित्र राई, निलम थापा मगर सहित १७ सदस्यीय समिति चयन भएको छ । साथै जानुका सुनुवार, हेम पुन मगर,र यम बलाल मगर सल्लाहकार रहेकोछ ।

तपाईको प्रतिक्रिया