ल्होछार कार्यक्रमका लागि कलाकारहरुको टोली र विशेष अतिथि आइटिसी सचिब मलेसिया प्रस्थान

प्रकाशित मिति :  687 पटक हेरिएको

मलेसिया / नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा हुन लागेको २८५६ औं जिवा ल्हो सोनाम ल्होछार सांस्कृतिक कार्यक्रममा नेपालबाट अतिथी कलाकारहरुको साथमा कार्यक्रमका विशेष अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रीय सचिव रबिन लामा थिङ आज मलेसियामा प्रस्थान गरेका छन् ।

कार्यक्रम यहि जनवरी २५ अर्थात माघ ११ गते मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटेल एरिना स्टारमा हुने आयोजकले जनाएको छ। ल्होछार कार्यक्रममा तामाङ सेलो सङ्गीत जगतका चर्चित गायक फूल कुमार बोम्जन, मोडल निरन्जली लामा, म्हेन्दोमाया गायक आरम्भ थोकर तामाङ, सेलो गायिका सृजना स्याङतान र बिमला थिङ साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताएको छ।

तपाईको प्रतिक्रिया