मलेसियामा २८५६ औं सोनाम ल्होछार भब्य रुपमा सम्पन्न

प्रकाशित मिति :  602 पटक हेरिएको

मलेसिया । नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा २८५६ औं सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाली राजदुतावास मलेसियाका उप-नियोग प्रमुख मोतिराम श्रीष मगरको प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रीय सचिव रबिन लामा थिङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि उप-नियोग प्रमुख मगरले द्धीप प्रज्वलन गरेर तथा नेपाली रास्ट्रिय गान बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो ।

तामाङ घेदुङ मलेसियाका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र वाइबा र अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव, कार्यक्रम संयोजक तथा नेपाल तामाङ कलकार संघ मलेसियाका अध्यक्ष फुर्वा दोर्जे मोक्तानले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित गायक फुल कुमार बोम्जन, अहिलेका बहुचर्चित मोडल निरन्जली लामा, म्हेन्दोमाया गायक आरम्भ थोकर तामाङ, सेलो गायिका सृजना स्याङतान र सेलो गायिका बिमला थिङ साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो। कार्यक्रम अमिर लोप्चन तामाङले संचालन गरेका थिए ।





तपाईको प्रतिक्रिया